मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

धार्मिक सहिष्णुतामा खलल पुर्‍याउनेलाई कडा कारबाही गरिने

धार्मिक सहिष्णुतामा खलल पुर्‍याउनेलाई कडा कारबाही गरिने


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल सरकारले धार्मिक सहिष्णुतामा खलल पुर्‍याउन खोज्ने व्यक्ति वा समूहलाई कानुनी कारबाहीको दायरामा ल्याउने जनाएको छ ।

गृह मन्त्रालयमा आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा स्थानीय प्रशासनले समन्वयात्मक भूमिका खेल्दै स्थितिलाई थप बिग्रन नदिन भूमिका खेल्ने, प्रदेश र स्थानीय सरकारलाई पनि यस्तै समन्वयात्मक भूमिकाका लागि अनुरोध गर्ने निर्णय भएको छ ।

Advertisement

बैठकमा विभिन्न धार्मिक समुदाय र एकअर्काका धर्मलक्षित सामाजिक सञ्जालमा गलत र भ्रामक टिप्पणी गर्ने, अर्काको धर्ममा खलल पुर्‍याएका घटनाबारे छलफल भएको मन्त्रालयका प्रवक्ता आनन्द कोइरालाले जानकारी दिए । यसैगरी धार्मिक गतिविधिबारे विस्तृत छलफल गर्न सोमबार गृह मन्त्रालमा मानवअधिकार आयोग, अन्य संवैधानिक आयोग र सुरक्षा निकायसहितको बैठक बस्ने निर्णयसमेत भएको उनले जानकारी दिए ।

प्रवक्ता कोइरालाका अनुसार निर्वाचनको सम्बन्धमा सुरक्षा निकायले गरेका अन्तिम तयारीबारे जानकारी लिने निर्णय भएको थियो । विशेष गरी निर्वाचनको सन्दर्भमा सुरक्षा निकायले हालसम्म गरेका तयारी र मन्त्रालयले गर्नुपर्ने समन्वयबारे पनि छलफल भएको थियो ।

यस्तै, जेनजी आन्दोलनपछि फरार रहेका कैदी बन्दीलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै सुरक्षा निकायलाई थप क्रियाशील बनाउने विषयमा विस्तृत छलफल गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

शेयर गर्नुहोस:

54
Shares