पाटन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आमनागरिकको हितका लागि गणतन्त्रभन्दा उत्तम व्यवस्था अरु हुन नसक्ने धारणा व्यक्त गरेका छन् । बागमती प्रदेश सुशासन केन्द्र, फेडरलिज्म तथा लोकलाइजेसन सेन्टरसँगको सहकार्यमा आइतबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र : चुनौती र अवसर’ विषयक अन्तरसंवाद कार्यक्रममा मुख्यमन्त्री बानियाँले गणतन्त्र गरिब जनताको हित गर्ने व्यवस्था हो…