काठमाडौं । नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीले जनादेश र मतादेशको उच्च सम्मान गर्दै आफ्नो पार्टीले असल प्रतिपक्षीय भूमिका निर्वाह गर्ने बताएका छन्। सङ्घीय संसद्मा आज सपथ ग्रहण गरिसकेपछि रासससँग कुरा गर्दै सांसद थकालीले कांग्रेसलाई निर्वाचनबाट प्रतिपक्षीय भूमिकाको जिम्मेवारी मिलेको उल्लेख गरे। सोही बमोजिम एउटा असल जनप्रतिनिधि हुँदै असल प्रतिपक्षीय भूमिका निर्वाह गर्ने उनको भनाइ…