टेक्सस

एनएसटी पाठशालाको दीक्षान्त सम्पन्न

एनएसटी पाठशालाको दीक्षान्त सम्पन्न


ड्यालस (टेक्सस) – नेपाली समाज टेक्ससद्वारा सन्चालित ग्लोबल पाठशालाको दीक्षान्त समारोह आइतबार सम्पन्न भएको छ

यसपटकको पाठशालाको स्प्रिंग सेसनमा विभिन्न लेवल र समूहमा दुईसय २० विद्यार्थीहरु सहभागी थिए ।

Advertisement

यस वर्ष ५ देखि १५ वर्ष उमेर समूहका विद्यार्थीले नेपाली, कोडिंग, भजन, नेतृत्व तथा पब्लिक स्पीकिंग, योग तथा नृत्य लगायतका शैक्षिक तथा व्यक्तित्व विकास कार्यक्रमहरू सफलतापूर्वक पूरा गरेका छन्।
समापन समारोहमा नेपाली समाजका अध्यक्ष विजय भुसालले आगामी सेसनहरुमा अझै बढी विद्यार्थी सहभागी हुनेगरि अघि बढेको बताए ।

त्यस अवसरमा विद्यार्थीहरुले आफ्नो कला समेत प्रदर्शन गरेका थिए ।

दीक्षान्तका अवसरमा स्वयमसेवक शिक्षक लगायत सहयोगकर्ताहरुलाई समेत सम्मान गरिएको थियो ।

पाठशालाले भविष्यमा पनि नेपाली भाषा, संस्कृति, मूल्य–मान्यता र आधुनिक शिक्षाको समन्वयमार्फत नयाँ पुस्तालाई सक्षम, जिम्मेवार र संस्कारी नागरिक बनाउने यात्रामा निरन्तर प्रतिबद्ध रहने जनाएको छ।