ड्यालस (अमेरिका) । ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको युलेस सिटीमा नेपाली समुदायद्वारा स्थापित पशुपतिनाथ तथा बुद्ध मन्दिरका लागि एक अमेरिकी थोक बिक्रेता कम्पनीले एकलाख डलर प्रदान गरेको छ । इण्डिपेण्डेन्ट बायर कम्पनी (आईबीसी) ले आइतबार आयोजित विशेष समारोहमा एकलाख डलरको चेक मन्दिरका पदाधिकारीहरुलाई हस्तान्तरण गरेका छन् । आइबीसीका प्रमुख कार्यकारी अधिकृत रब नाइटले उक्त अवसरमा नेपाली समुदायलाई…