अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चापका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याउँदा नै आयव्ययको अनुमान अस्वाभाविकरूपमा बढाएर राखिएका कारण अर्धवार्षिक समीक्षामार्फत् त्यसलाई घटाउनुपरेको बताएका छन् । अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच आर्थिक वर्ष २०८२/०८३ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री खनालले पूर्वतयारी नै नसकिएका आयोजना बजेटमा राखिएका कारण पनि खर्चको अनुमान घटाउनु…