लुम्बिनी । सरकारले निजी सञ्चारमाध्यमलाई दिने विज्ञापन तथा सार्वजनिक सूचनामा लगाएको प्रतिबन्धले सञ्चार क्षेत्र संकटमा परेको भन्दै मिडिया क्षेत्रका सरोकारवालाहरूले सरकारलाई उक्त नीति पुनर्विचार गर्न आग्रह गरेका छन् । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजना, नेपाल मिडिया सोसाइटीको सहआयोजना तथा बुटवल उपमहानगरपालिकाको सहकार्यमा शनिबारदेखि सुरु भएको दुईदिने चौथो राष्ट्रिय मिडिया सम्मेलनमा वक्ताहरूले विज्ञापन प्रतिबन्धलाई अभिव्यक्ति…