गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो

वीरगन्ज । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा तथा अरू संरचना हटाउन थालेको छ । कार्यालयले आइतबार (वैशाख १३) बिहानदेखि नहरको जानकी टोल र गण्डकचोकसम्म अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका निम्ति पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना…