वीरगन्ज । नारायणी अस्पतालमा शनिबार भएको घटनाको सम्बन्धमा सिसिटिभी फुटेजका आधारमा अराजक व्यक्तिको पहिचान गरी कारबाही गर्नुपर्ने माग अस्पताल प्रशासनले गरेको छ ।
अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै उक्त दिनको सीसीटीभी फुटेज सम्बन्धित निकायमा पठाइसकिएको जनाउँदै अराजक व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न अनुरोध गरेको हो।
वीरगन्ज महानगरपालिका २५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा शनिबार मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राममाथि आक्रमण गरेका थिए । आक्रमणबाट डा. राम सख्त घाइते भएका छन् ।
अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको अथक प्रयासका बाबजुत पनि पटेलको उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
पटेलको मृत्युपछि अस्पताल प्रशासन र पीडित पक्षबीच संवाद र छलफल हुँदै गर्दाको अवस्थामा केही अराजक व्यक्तिबाट अस्पतालको भौतिक संरचना तोडफोड गर्नुका साथै चिकित्सकमाथि आक्रमण गरेपछि सिर्जना भएको घटनाबारे छानबिन गरी कारबाही गर्नुपर्ने माग गरिएको छ ।












प्रतिक्रिया