निष्ठा र आदर्शको राजनीतिले लोकतन्त्रको दीप बलिरहने छ : पूर्वराष्ट्रपति यादव

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा रामवरण यादवलाई नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट समावेशी संविधान जारी गर्ने सुवर्ण अवसर मिल्यो । उनले २०७२ असोज ३ गते नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको मूल कक्षमा संविधानसभाबाट तयार गरिएको संविधानलाई ढोगेर सार्वजनिक गरेको क्षण ‘एक युगमा एक पटक आउने बिरलै घटना’ का…