मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय

नेपालका प्रसिद्ध मुटुरोग विशेषज्ञको रुपमा परिचित हुनुहुन्छ डा अवनिभूषण उपाध्याय । व्यावसायिक जीवनका क्रममा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै सरकारी, गैरसरकारी र निजी तीनवटै क्षेत्रमा कुशलतापूर्वक नेतृत्वदायी भूमिका निर्वाह गरी सात दशकको उमेरमा पनि उहाँ उत्तिकै क्रियाशील हुनुहुन्छ । उहाँले वीर अस्पतालका अतिरिक्त भक्तपुर, उदयपुर, जनकपुर, मेडिकियर, गङ्गालाल, सार्क हार्ट फाउण्डेसनमा संलग्न भई मुटु रोग उपचारमा…