चितवन । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले पूर्वअध्यक्षबाट सहयोग पाउन नसकेको बताएका छन् । उनले घुमाउरो पारामा आफ्नो दुई वर्षे कार्यकालमा पूर्वअध्यक्षहरुबाट सहयोग नमिलेकोमा दुःखेसो पोख्दै असहयोगको बाबजुद पनि संस्थाको गरिमा उच्च राख्ने काम गरेको बताए । ४९ औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट निर्वाचित अध्यक्ष राजन गौतम नेतृत्वको कार्यसमितिले कार्यअवधि सकिनै…