ढाका । पश्चिमी बङ्गलादेशमा मङ्गलबार एकजना हिन्दू धर्मका पुजारी मारिएको खबर छ । अज्ञात आक्रमणकारीले ७० वर्षका ती हिन्दू पुजारीको हत्या गरेका छन् । बङ्गलादेशमा अल्पसङ्ख्यक धार्मिक व्यक्तिको हत्या गर्ने क्रमको यो पछिल्लो शृंखला भएको प्रहरीले जानकारी दिएको छ । यसरी मारिनेमा यसअघि पनि बङ्गलादेशमा बसोबास गरिरहेका विभिन्न धर्मका व्यक्ति परेका थिए ।…