चितवन । भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने भएको छ । महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप रङरोगन गरिने नीतिगत व्यवस्था गर्न लागिएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार यसै आर्थिक वर्षबाट निर्माण हुने तथा निर्माण भइसकेका भवनमा तोकिएको रङ लगाई सकेपछि मात्र भवन निर्माण सम्पन्नता…