गोदावरी (कैलाली) । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकासमा वर्तमान सरकारले परिकल्पना गरेअनुसार काम भइरहेको बताएका छन् । गोदावरी नगरपालिका–३ चौकीडाँडामा एसियाली विकास बैङ्कको ऋण सहयोगमा निर्माण गरिएको एकीकृत फोहोरमैला व्यवस्थापन प्रणालीको उद्घाटन कार्यक्रममा उनले देशभरको पूर्वाधार विकास निर्माणमा सङ्घीय सरकार, स्थानीय तह र दातृनिकायको सहयोगमा उल्लेख्य काम भइरहेको बताए । सरकारले नयाँ…