अमेरिका । नेपालमा अमेरिकी पर्यटकको संख्या बढाउन नेपाली महावाणिज्य दूतावास न्युयोर्कले सक्रियता बढाएको छ । महावाणिज्य दूतावासले स्थानीय पर्यटन व्यवसायीहरुसँग शुक्रबार न्युयोर्कमा अन्तर्क्रिया कार्यक्रम गरी अमेरिकीहरुका लागि नेपाल एक उत्कृष्ट एवं आकर्षक गन्तव्य भएको दाबी गर्दै पर्यटन व्यवसायीहरुलाई आफ्नो सञ्जालमा जोड्न आग्रह गरेको छ । कार्यक्रममा दूतावासका महावाणिज्य दूत दधिराम भण्डारीले कार्यपत्र प्रस्तुत गर्दै हिमाल…