काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीतिअनुरुप राष्ट्र बैंकले आफ्ना काम कारबाही अघि बढाउने बताएका छन् । बुधबार बालुवाटारस्थित बैंकको कार्यालयमा पदभार ग्रहण गर्दै उनले राष्ट्र बैंकको स्वायत्तता कायम गर्दै आफ्ना काम गर्ने स्पष्ट पारेका हुन् । 'वित्त नीतिबाट जे कुराहरू तय हुन्छन्, त्यसलाई सफल बनाउन…