सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.६ प्रतिशत पुग्ने ओइसिडीको प्रक्षेपण

पेरिस । अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा विकास सङ्गठन (ओइसिडी)ले मुद्रास्फीति कम हुँदै गएको बताएको छ । चीन कोभिड प्रतिबन्धबाट बाहिर निस्केपछि शुक्रबार आफ्नो विश्वव्यापी आर्थिक वृद्धिको पूर्वानुमान बढाएको हो । तर, उक्त सङ्गठनले अमेरिकी बैंक क्षेत्रको उथलपुथलमा देखिएको कमजोरीबारे चेतावनी जारी गरेको छ । ओइसिडीले यसवर्ष विश्व अर्थतन्त्रको वृद्धिदर २.६ प्रतिशतले बढ्ने अनुमान गरेको छ…