काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोरखा र धादिङको सिमानामा पर्ने बूढीगण्डकी जलाशययुक्त आयोजना आगामी आर्थिक वर्षदेखि निर्माण सुरू हुने बताएका छन् । गोरखाको पालुङटार नगरपालिकामा महटार युवा क्लबको आयोजनामा शनिबारदेखि सुरु भएको फुटबल प्रतियोगिताको उद्घाटनमा सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षदेखि देशको आर्थिक तथा सामाजिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने राष्ट्रिय गौरवको बूढीगण्डकी…