मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

पूर्वाधार विकासमा सहयोग गर्न महासंघ अध्यक्ष ढकालको वित्त निगमलाई आग्रह

पूर्वाधार विकासमा सहयोग गर्न महासंघ अध्यक्ष ढकालको वित्त निगमलाई आग्रह

हिमालय खबर

शेयर गर्नुहोस:

297
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका साथै वित्तीय पहुँच वृद्धिका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय वित्त निगमलाई आग्रह गरेको छ ।

साना तथा मझौला उद्यमको विकास, पर्यटन जलविद्युत् लगायतका पूर्वाधार विकास एवम् लगानी प्रवर्द्धनमा निगमको साथ र सहयोग आवश्यक रहेको महासंघको भनाइ छ ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग निगमका उपाध्यक्ष सुसन लनको भएको भेटमा उक्त आग्रह गरिएको हो । कोभिडपछिको तीव्र विस्तारको व्यवस्थापन गर्न नसक्दा मूलतः आफ्नै कारणले अहिले अर्थतन्त्रमा समस्या रहेको र निजी क्षेत्र सङ्कुचित हुँदा सरकार र सर्वसाधारण पनि मर्कामा परेको अध्यक्ष ढकालले बताए ।

निजी क्षेत्रले काम गर्न नपाउँदा राजस्व करिब १३ प्रतिशतले घटेको र चर्को मूल्य वृद्धिका कारण सर्वसाधारणको क्रयशक्ति पनि घटदै गएको उनको भनाइ छ । सो अवसरमा नेपालको तीन दिने भ्रमणमा रहेकी उपाध्यक्ष लनले निजी क्षेत्रको प्रवर्द्धन्का लागि महासंघसँग सहकार्य गर्न आफू तयार रहेको बताए ।

पछिल्लो समय निगमसँगको सहकार्यमा महासंघले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन र साना तथा मझौला उद्यमी सम्मेलन आयोजना गरेको थियो । महासंघले साना उद्यमीका लागि सुरु गर्न लागेको विकास केन्द्र र सीप विकास महत्त्वपूर्ण रहेको उपाध्यक्ष लनको भनाइ थियो । लनले निगममा आर्थिक सुधार, निजी क्षेत्र र लगानी प्रवद्र्धन लगायतका विषयको नेतृत्व गर्छन् ।

भेटका क्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अधिकांश उद्योग न्यून क्षमतामा सञ्चालित रहेकाले बजार चलायमान बनाउन आवश्यक रहेको बताए । महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठले कर प्रणालीको सुधार र नेपालको तुलनात्मक लाभ भएका वस्तुको प्रवद्र्धन आवश्यक रहेको बताए ।

महासंघ लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले लगानी विस्तारका बारेमा नीतिगत सुधार आवश्यक रहेको बताएका छन् ।