रत्ननगर नगरपालिकाको नीति तथा कार्यक्रम : एक अर्ब ३३ करोड ७२ लाखको बजेट प्रस्तुत

रत्ननगर । रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । आइतबार नगरकार्यपालिकाको सभाहलमा आयोजित १३औँ नगरसभामा नगरप्रमुख सापकोटाले १६ वटा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नगरप्रमुख सापकोटाले नगरक्षेत्रका मुख्य सडक र चोकहरुमा सडक बत्तीमार्फत उज्यालो रत्ननगर अभियान सञ्चालन गरिने, स्थानीय समावेशी सरसफाइ कार्यक्रमलाई प्राथमिकता दिँदै…