कोशीमा तीन हजारभन्दा बढी डेङ्गु सङ्क्रमित, तीनको मृत्यु

झापा । कोशी प्रदेशका १४ जिल्लामै डेङ्गुको संक्रमण फैलिएको स्वास्थ्य निर्देशानालय धनकुटाले जनाएको छ। निर्देशानालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेङ्गु संक्रमित रहेका छन् । जसमा तीन जनाको मृत्यु भएको उनले बताइन्। पहाडी जिल्लामा डेङ्गु संक्रमित अत्यन्त न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको निर्देशानालको तथ्यांकले देखाएको छ ।…