मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना

चीनमा रोबोटिक उपकरणको सहयोगमा चार हजार किलोमिटर टाढाबाट आँखाको सफल शल्यक्रिया

चीनमा रोबोटिक उपकरणको सहयोगमा चार हजार किलोमिटर टाढाबाट आँखाको सफल शल्यक्रिया


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

ग्वाङझाउ । चीनको एक चिकित्सा टोलीले फाइभजी प्रविधि जडित रोबोटको प्रयोग गरी करिब चार हजार किलोमिटर टाढा रहेका बिरामीको आँखाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । यसले दूरदराजका क्षेत्रमा समेत विशेषज्ञ चिकित्सा सेवा पुर्‍याउन सकिने सम्भावना देखाएको छ ।

उत्तरी चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको उरुम्कीस्थित एक अस्पतालमा दक्षिणी सहर ग्वाङझाउका शल्यचिकित्सकहरूले रोबोटिक हातलाई टाढैबाट नियन्त्रण गरेर आँखाको शल्यक्रिया गरेका हुन् ।

Advertisement

माइक्रोन(स्तरको सटीकताका साथ गरिएको यो शल्यक्रियालाई प्रविधिको उपयोग गर्दै विकसित तटीय क्षेत्र र दुर्गम क्षेत्रहरूबीचको चिकित्सा स्रोतको खाडललाई कम गर्ने दिशामा एउटा महत्त्वपूर्ण कदम मानिएको छ । उरुम्कीमा रोबोटले बिरामीको आँखामा माइक्रोस्कोपिक सुई राखेपछि, ग्वाङझाउका शल्यचिकित्सकहरूले रिमोट कन्ट्रोलको सहायतामा सुईलाई रेटिनाको सतहमा पुर्‍याएर पूर्वनिर्धारित गहिराइमा इन्जेक्सनमार्फत् औषधि दिएका थिए ।

टाढाबाट उपकरणको सहयोगमा गरिएको सम्पूर्ण शल्यक्रियाका लागि सात मिनेटभन्दा कम समय लागेको बताइएको छ। शल्यक्रियाका क्रममा नेटवर्क स्थिर रहेकाले रोबोटले कुनै कम्पनबिना सजिलैसँग काम गरेको थियो । ‘सवरेटिनल इन्जेक्सन’ एक नाजुक माइक्रोसर्जिकल प्रविधि हो जुन ‘सबम्याकुलर हेमोरेज’ जस्ता दृष्टिविहीनता निम्त्याउने समस्याहरूमा दृष्टि बचाउन प्रयोग गरिन्छ ।

सन यात(सेन विश्वविद्यालयको झोङशान आँखा उपचार केन्द्रका परियोजना प्रमुख लिन हाओटियनले भने, “यो क्लिनिकल शल्यक्रिया चीनमा रिमोटद्वारा आँखाको शल्यक्रियाको सफल उपचारको सम्भाव्यताको व्यावहारिकतामा एक महत्त्वपूर्ण फड्को हो ।”  एएफपी

शेयर गर्नुहोस:

108
Shares