मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श

विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा सुरु गरेको छ ।

मन्त्रालयले भाइबर, इमो र ह्वाटसएपमार्फत मिर्गौला रोग र अन्य रोगसम्बन्धी परामर्श २४सै घण्टा उपलब्ध गराउने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

Advertisement

उनका अनुसार मिर्गौला रोगसम्बन्धी सेवाका लागि नम्बर ००९७७ ९७६३४९०९०० मा भाइबर, इमो वा ह्वाटसएपमा फोन गर्न सक्ने व्यवस्था मिलाइएको छ । मिर्गौलासम्बन्धी रोगको परामर्श सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अन्य स्वास्थ्य सेवासम्बन्धी परामर्श सेवा वीर अस्पतालबाट २४सै घण्टा उपलब्ध गराउने गरी व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

अन्य स्वास्थ्य सेवाका लागि ००९७७ ९८५१३४५७०१ र ००९७७ ९८५१३४५७०२ नम्बरको भाइबर र ह्वाटसएपमा फोन गर्न सकिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता बुढाथोकीले विदेशमा धेरै नेपाली बिरामी हुँदा समस्या पर्ने भएकाले परामर्श सेवा सुरु गरिएको जानकारी दिए ।

उनका अनुसार विदेश जाने क्रममा श्रमिकलाई आवश्यक स्वास्थ्यसम्बन्धी जानकारीका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका विभिन्न स्थानहरुमा सचेतनामूलक सन्देश राखिएको छ ।

शेयर गर्नुहोस:

162
Shares