जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तार गर्ने प्रयासमा छौँ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै परीक्षण हुनेगरी क्षमता विस्तारमा प्रयासरत रहेको बताएका छन् । नेपाल प्रेस युनियनको ३४औँ स्थापना दिवसका अवसरमा आयोजित बृहत् स्वास्थ्य शिविरमा उनले प्रयोगशाला परीक्षणका लागि नमुना बाहिर पठाउनुपर्ने बाध्यता अन्त्य गर्न लागिपरेको बताए । मन्त्री पौडेलले भने, “केही समयअघि केही रोगको प्रयोगशाला परीक्षणका लागि बाहिर…