स्वास्थ्यसेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याइने

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनको एक दशक पुगेको अवसरमा स्वास्थ्य बीमा बोर्डले आयोजना गरेको कार्यक्रममा उनले बिमा कार्यक्रमार्फत जनसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सरकार प्रतिबद्ध रहेको बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डिल्लीराम…