मुख्य समाचार

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

वीरगन्ज । चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा यहाँस्थित नारायणी अस्पतालको आकस्मिक सेवा गरिएको छ ।

आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आफूहरूमाथि शनिबार कुटपिटको भएको भन्दै विरोध जनाएपछि आजदेखि आकस्मिक सेवा बन्द गभएको हो । आकस्मिक सेवा बन्द हुँदा बिरामी प्रभावित भएका हुन् ।

Advertisement

अस्पताल स्रोतका अनुसार चिकित्सकले आकस्मिक कक्षमा काम गर्ने सुरक्षित वातावरण नरहेको भन्दै सेवा बन्द गरेका हुन् ।

शनिबार वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि निजका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राम गम्भीर घाइते भएका थिए। उनको सोही अस्पतालकै सघन उपचार कक्ष ९आइसियु०मा उपचार भइरहेको छ ।

यसैबीच, नेपाल चिकित्सक सङ्घले आज विज्ञप्ति जारी गरी वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि भएको आक्रमणका दोषीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गरेको छ ।

सङ्घले मेडिकल अफिसर डा राममाथि शनिबार बेलुका ४०/५० जनाको अनियन्त्रित समूहले मरणासन्न हुनेगरी साङ्घातिक आक्रमण गरेको जनाउँदै उक्त घटनाको भत्र्सना गर्दै कानुनबमोजिम कारबाहीको माग गरेको हो ।