काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनबाट जापानवासी महेशकुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । एनआरएनए उच्चस्तरीय समितिद्वारा ३(४ मे २०२५ मा काठमाडौँमा आयोजित महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । उपाध्यक्षहरू क्रमशः खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनिलकुमार शाह, मनोजकुमार श्रेष्ठ, विश्वासदीप तिगेला लिम्बू, बुद्धिसागर सुवेदी र जानकी गुरुङ…