मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
ग्लोबल नेपाली   

क्यानाडामा एनएचएस जुनियर डान्सिङ स्टार प्रतियोगिता हुने

क्यानाडामा एनएचएस जुनियर डान्सिङ स्टार प्रतियोगिता हुने

६ देखि १५ बर्ष सम्मकाले भाग लिने


शेयर गर्नुहोस:

540
Shares

  • change font
  • change font
  • change font

भुपेन्द्र शर्मा – एडमण्टन (क्यानाडा)। इश्वी सम्बतको नयाँ बर्ष एवं महान पर्व क्रिस्मसको अवसर पारेर क्यानाडाको एडमण्टनमा नृत्य प्रतियोगिता हुने भएको छ ।

आगामी डिसेम्बर २० तारिखमा आयोजना हुने नृत्य प्रतियोगितामा ६ देखि १५ बर्षसम्मका बालबालिकाले सहभागी हुन पाउने आयोजक नेपाल हेरिटेज सोसाइटी अफ एडमण्टनका अध्यक्ष देवेन्द्र कार्कीले जानकारी दिनुभयो ।

एडमण्टनको क्विन एलेक्जेण्डरा कम्युनिटी लीग हलमा हुने नृत्य प्रतियोगितामा एडमण्टन शहरमा बसोबास गर्ने नेपाली मुलका बालबालिकाले भाग लिनेछन । प्रतियोगितामा भागलिनको लागि ६ बर्षदेखि १५ बर्ष उमेर नकटेको हुनुपर्ने सोसाइटीका अध्यक्ष कार्कीले बताउनु भयो ।

प्रतियोगितामा भागलिन चाहने बालबालिकाहरूले सामूहिक वा व्यक्तिगत रूपमा सहभागिता जनाउन सक्ने संस्थाका सचिव सुरज खतिवडाले जनाउनु भयो । प्रतियोगितामा सहभागी हुन चाहनेहरुका लागि डिसेम्बर १३ भन्दा पहिला नै अभिभावकहरूले ५ डलर तिरेर नाम दर्ता गर्न सक्नेछन ।

इच्छुक अधिकांश प्रतियोगिका लागि फारम समेत भराइ सकिएको खतिवडाले बताउनु भयो । यस्ता प्रतियोगिताले नेपाल बाहिर रहेका बालबालिकामा नेपाली संगीत भेषभुषा कला र संस्कृतिप्रतिको रुचिको विकास हुन सक्ने प्रतियोगिता आयोजक समितिका सदस्य मधुसुधन पाण्डेको दावी छ ।

यस्ता कार्यक्रमले बालबालिकामा आत्मविश्वासको बृद्धि गराई मौलिकताको संरक्षणमापनि टेवा पुुग्ने उहाँले बताउनु भयो । क्यानाडाको अल्वर्टा राज्यको को एडमण्टन शहरमा पहिलो पटक हुन लागेको प्रतियोगितामा धेरै भन्दा धेरै नेपालीहरुबको सहभासगिता रहने र भव्य रुपमा सम्पन्न हुने आयोजक समितिका नरेन्द्र अधिकारीको दावी छ ।

प्रतिस्योगितामा प्रथम, द्वितीय, तृतीय हुनेले आकर्षक पुरस्कार पाउने छन भने सहभागी सबैले प्रमाणपत्र र सम्मान पाउने बताइएको छ । प्रतियोगितामा एडमन्डनमा रहेर नेपाली समुदायको हितमा कार्य गर्दै आएका व्यक्तिहरुको उल्लेख्य सहभागिता रहने बताइएको छ ।

शेयर गर्नुहोस:

540
Shares