सिनेटर टेड कु्रजले नेपालीको टीपीएस नविकरणका लागि सघाउने

अमेरिका- गैर आवासीय नेपाली संघ अमेरिकाले मंगलवार सिनेटर टेड कु्र्रजलाई भेटेर नेपालीले पाएको टीपीएस सुविधा नविकरणका लागि सहयोग गर्न आग्रह गरेको छ ।     अध्यक्ष डा केशव पौडेलको नेतृत्वमा गएको टोलीले सिनेटर क्रुजलाई नेपालको वर्तमान अवस्थाको जानकारी दिदैं टीपीएस नविकरण नभए नेपालीहरूमा पर्न सक्ने आर्थिक, सामाजिक, मानसिक समस्याबारे जानकारी गराएको एनआरएन अमेरिकाको विज्ञप्तिमा उल्लेख छ । …