भरतपुर । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वीराजमार्गमा बुधबार बिहान ११ः१० बजेको समयमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । सो दुर्घटनामा उद्धार गरिएका १७ जनामध्ये पाँच जनाको स्थिति गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको म्याग्दी कोरला यातायात प्रालिको…