मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
एनआरएन विशेष   
न्युयोर्क   

महेश श्रेष्ठ र डा केशव पौडेलबीच आलोपालो अध्यक्ष बन्ने सहमति

महेश श्रेष्ठ र डा केशव पौडेलबीच आलोपालो अध्यक्ष बन्ने सहमति


हिमालयखवर संवाददाता

अमेरिका- गैर आवासीय नेपाली संघमा आउने नेतृत्वका आकांक्षी डा केशव पौडेल र महेश श्रेष्ठ विच मिलेर जाने सहमती भएको छ । काठमाडौमा विभिन्न चरणको वार्ता पछि भएको समहती अनुसार डा पौडेलले अध्यक्षमा महेशलाई सघाउने भएका छन् ।

हालका महासचिव डा पौडेल एनआरएनएमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा थिए । तर औपचारिक रुपमा घोषणा भने गरेका थिएनन । अव उनी महेशको समुहवाट उपाध्यक्षका उम्मेदवार हुने छन् । अर्को पटक महेशले केशवलाई अध्यक्षमा सघाउने गरी यो सहमती भएको वताईएको छ ।

नेपाली कांग्रेस पार्टीको समेत समर्थन प्राप्त गर्ने गरी यो सहमती भएको वताईएको छ । महेशहाल एनआरएनएमा उपाध्यक्ष छन् ।

वार्तामा संलग्नहरुका अनुसार यो प्रारम्भिक सहमती हो । चुनाव आउन अझै केही साता बांकी छ । त्यसवेला सम्म फेरबदल पनि हुन सक्छ ।

अहिले भएको सहमतीमा महेशको समुहवाट महासचिवमा बुद्धि सुवेदी परेका छन् । सुवेदीले केही दिन अघि महासचिवमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका थिए । सुवेदी एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष हुन । केही दिन अघि मात्र उनको कार्यकाल सकिएको थियो ।

विदेशमा वस्ने नेपालीको हकहितका लागि दवाव दिने भनेर स्थापित एनआरएनएका करिव १ लाख सदश्य छन् । यसका करिव ८० देशमा राष्ट्रिय समन्वय परिषद गठन भएका छन् । यो विदेशमा वस्ने नेपालीको सवैभन्दा ठुलो संजाल रहेको संस्था हो ।

अध्यक्षका लागि आरके शर्मा, डा बद्री केसी, रविना थापाले पनि उम्मेदवारी दिने वताएका छन् ।

यस पटक मैले एनआरएनएमा खासै काम गर्न पाइन समय पनि भएन त्यसैले म आउने कार्यकालका लागि उम्मेदवारी दिने छु डा बद्री केसीले हिमालयखवरसंग भने । डा केसी एनआरएनएको स्थापना देखिनै अभियानमा सकृय भएका थिए । सकेसम्म मिलेर जादांनै संस्था बलियो हुने डा केसीले वताए ।

अध्यक्षका अन्य आकांक्षीहरुले पनि मोटामोटी रुपमा आफ्नो टिम वनाउन वार्ता गरिरहेका छन् ।

दुई वर्ष अघि नेतृत्व चयन प्रकृया निकै विवादस्पद भएको थियो । सहमती र सहकार्यका लागि भनेर ३ जना अध्यक्ष, २ जना महासचिव र अन्य कयौं त्यसवेला विधानमा नै नभएका पद सृजना गरिएका थिए । यसको निकै आलोचना भएको थियो । यसले एनआरएनएको साखलाई निकै तल गिराएको छ ।

अहिले पनि उम्मेदवारका आकांक्षीको सुची लामो भएकाले विवाद आउन सक्ने देखिएको छ । सदश्यका हिसावले दोस्रो ठुलो एनसीसी अमेरिकावाट मात्रै पदाधिकारीमा उम्मेदवार वन्न चाहने राख्नेको लर्को छ ।

एनआरएनए नेतृत्वका लागि काठमाडौँमा समीकरणको पहल