उनीहरुले टेकेको माटो

फागुनको अन्तिम तिर हुनुपर्छ । जिल्ला अस्पतालको चौरमा घाम तापी रहेको थिएँ । बिहानको नौ बजे ओपीडीमा कर्मचारी बाहेक कोहि थिएनन् । कार्यालय सहयोगी भाई गोरखापत्र लिएर छिटै आएको देखेर मलाई अनौठो लग्यो । उसले हतारहतार पत्रिका मेरै हातमा थमाए । उनले भने–"सिस्टर यसमा अस्ति तपाई जानुभएको कार्यक्रमको बारेमा लेखेको छ, पढ्नु त ।‘ समाचार…