सालीको मेसेज

कामबाट थकित भएर घर आइपुगेकी छिन् रस्मिता । परिवारका सबै सदस्यहरु सुतिसकेका छन् । छोरीको बेडरुमको बत्ति बलिरहेको जस्तो लाग्छ उनलाई । ढोकाको तल्लो भागको चेपबाट थोरै उज्यालो आइरहेको छ ।   रस्मितालाई लाग्छ–छोरी स्कुलको असाइनमेन्ट गर्दै होलिन् । घर्याक्क... ढोका खोल्दै छोरीको बेडरुमको ढोका खोल्छिन् उनी । हातमा किताब समातेर छोरी निदाइसकेकी रहिछन् ।…