‘आज पनि गाडी पार्किङ फूल भैसकेछ,’ संयमले गाडीलाई विस्तारै चलाउँदै भन्यो–‘आइतबार मन्दिरमा नत मान्छेको पाइला राख्ने ठाउँ हुन्छ नत गाडी पार्किङ्ग गर्ने ठाउँनै । पछाडी लैजानुपर्ने भयो ।’ म र संयम डालसको अर्भिङ्गमा रहेको नेपाली मन्दिरमा पुगेका छौं । म १० वर्ष पछि डालस आएको छु । एक दशक अघि युनिभर्सिटी अफ टेक्सस आर्लिङ्गटनबाट मेकानिकल…