मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

नेपाली समाज टेक्सासको साधारण सभा सम्पन्न

नेपाली समाज टेक्सासको साधारण सभा सम्पन्न

महेश नेपालको अध्यक्षतामा निर्वाचन कमिटी


टेक्सस (अमेरिका) । नेपाली समाज टेक्ससको साधारण सभा शनिबार युलेसमा सम्पन्न भएको छ ।

समाजका अध्यक्ष राजेन्द्र वाग्लेको सभापतित्वमा सम्पन्न साधारण सभाले महासचिव विजय भुसालद्वारा प्रस्तुत बार्षिक कार्य प्रतिवेदन केही सुझाव समेट्ने गरि पारित गरेको थियो। त्यसैगरी समाजको कोषाध्यक्ष रामकृष्ण यादवबाट प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ। आर्थिक प्रतिवेदन अनुसार हाल नेपाली समाज टेक्सससँग ४ लाख ३ हजार १८१ बचत रहेको छ।

साधारण सभाले डिसेम्बरमा हुने नयाँ नेतृत्व चयनका लागि निर्वाचन कमिटी समेत सर्वसम्मत रूपमा गठन गरेको छ।

महेश नेपालको अध्यक्षतामा निर्वाचन कमिटी

निर्वाचन कमिटीमा महेश नेपाल, बासु भण्डारी, विजयराज भट्टराई, दिनेश शर्मा र बेद बस्नेत रहेका छन। महेश नेपाल र विजयराज भट्टराईले यस अघि पनि धेरै पटक निर्वाचन कमिटीमा कार्य गरिसकेका व्यक्तिहरू हुन् ।

साधारण सभा पछि बसेको निर्वाचन कमिटिको बैठकले कमिटिको प्रमुखको रुपमा महेश नेपाललाई चयन गरेको छ । त्यसगरी कमिटिलाई प्रस्ताव गर्ने नेपाली समाज टेक्सास र सर्वसम्मत निर्णय गर्ने साधारण सभाका सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेको जनाइएको छ ।

निर्वाचन कमिटि सदस्य विजयराज भट्टराईले हिमालय खवरसँगको कुरामा चाडै नै निर्वाचन कमिटिको बैठक बसेर निर्वाचन मिति सहितको कार्यतालिका प्रकाशन गरिनेछ । निर्वाचन कमिटि सदस्य बासु भण्डारी भने पारिवारिक कारणले यतिखेर नेपालमा रहनुभएका कारणअनुपस्थित थिए ।

साधारण सभामा समाजका बरिष्ठ उपाध्यक्ष जनक भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा श्री पशुपतिनाथ तथा बुद्द मन्दिरकी अध्यक्ष सीता सापकोटा बस्नेत र युलेस सिटीका काउन्सिल मेम्बर टीका पौडेलले शुभकामना दिएका थिए । साधारण सभामा सहभागीहरूलाइर् नेपाली समाज टेक्ससका ट्रष्टी अध्यक्ष वैकुण्ठ विक्रम थापाले उपस्थित सवैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

शेयर गर्नुहोस:

7.2k
Shares