फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारको निर्वाचनबाट आफू पुनः राष्ट्रपतिमा निर्वाचित भएमा सङ्क्रमण रोगविज्ञ डा. एन्थोनी फाउचीलाई जिम्मेवारीबाट हटाउने चेतावनी दिएका छन् । सङ्क्रमण रोग न्यूनीकरण, नियन्त्रण र व्यवस्थापनसम्बन्धी देशको उच्च जिम्मेवारीमा रहेका फाउचीलाई उनले हटाउने चेतावनी दिएका हुन् । अमेरिका व्यापक सङ्क्रामक रोग कोरोनाभाइरसबाट अत्यन्त आक्रान्त बनेको बेला नै उनले हटाउने चेतावनी…