हिमालयखबरले अमेरिकामा बसोवास गर्ने नेपाली समुदायका बर्षभरीका चर्चित व्यक्ति वा संस्थाको सूचि सार्वजनिक गरेको यो तेस्रो श्रृङ्खला हो । अमेरिकामा नेपाली समुदाय तुलनात्मक रुपमा सानो छ । आधिकारिक र अद्यावधिक तथ्यांक त छैन । तर, भनिन्छ अहिलेपनि अमेरिकामा बस्ने नेपाली समुदायको संख्या करिब तीन लाखको हाराहारीमै छ । यो सानो समुदायभित्र बर्षभरि चर्चामा रहेका व्यक्ति वा संस्था छान्नु सजिलो काम होइन, थिएन र छैन पनि । हामीले अघिल्ला बर्षको सूचिमा ह्यारी भण्डारी, गौरीराज जोशी लगायतलाई समेटेका थियौं । उहाँहरु अहिलेपनि चर्चाको शिखरमै हुनुहुन्छ ।
ह्यारी मेरिल्याण्डको विधानसभामा छन् । गौरी जोशीले अहिले नयाँ जिम्मेवारी सहित गैर आवासीय नेपाली संघमा सकृय छन् । उनी सचिवमा निर्वाचित भएका छन् । उनले नेपालमा लगानी पनि थपिरहेका छन् । नेपालमा लगानी गर्ने अमेरिकामा वस्ने नेपालीको संख्या पनि बढ्दो छ । थप पैसा पनि नेपाल गईरहेको छ ।
त्यसैले हामीले विगतमा छानेका यी नामप्रति अहिले फर्किएर हेर्दा गुनासो गर्ने ठाउँ खासै छैन । तर, पनि यस्तो सूचि छान्दा हामी अहिले पनि नेपाली समुदाय भित्रका सिमित व्यक्तिमै भर पर्नु पर्यो । आउने दिनमा नेपाली समुदाय आफ्नो क्षेत्रमा अझ दक्ष, सक्षम भएर आउने छ भन्ने हाम्रो विश्वास छ ।
नेपाली बाबु आमावाट यही जन्मेको पुस्ता विस्तारै बढ्दै गरेको छ । यो नयाँ पुस्ता अमेरिकाका राम्रा विश्वविद्यालयमा जान प्रयासरत छ । यो पुस्ताबाट अझै बढी आशा गर्न सकिन्छ ।
नेपाली समुदायका कतिपय व्यक्ति वा संस्था चुपचाप आफ्नो क्षेत्रमा सकृय पनि छन् । राम्रो काम गरेका छन् । आफ्नो क्षेत्र विशिष्ट योगदान दिएका छन् । उनीहरु चर्चाभन्दा वाहिर छन् । हामी हिमालयखबर मार्फत उनीहरुलाई समाजमा अगाडी ल्याउन प्रयास जारी राख्नेका छौं ।
बर्षभरी चर्चामा रहेको सूचि बनाउँदा हामीले अलिकति नेपाल, नेपाली समुदाय, सामाजिक क्षेत्रमा योगदानलाई पनि हेरौं । यो क्रममा व्यक्तिमात्र होइन संस्थापनि थप गरेका छौ । टाइम म्यागेजिनले प्रत्येक बर्ष विश्वभर उल्लेखनिय काम गर्ने व्यक्ति वा संस्थालाई समेटेर ‘पर्सन अफ द इएर’ सार्वजनिक गर्छ । सन् १९२७ देखि टाइमले बर्ष व्यक्ति सार्वजनिक गर्दै आएको छ । हामीले भने बर्ष व्यक्ति छान्न खोजेका होइनौं । बर्ष व्यक्ति वा संस्था भन्दा पनि चर्चामा रहेकालाई यो सुचीमा समेटेका छौं । चर्चामा रहनु भनेको सर्वोकृष्ट हुनु भन्ने मात्र होइन । जो चर्चामा रहे उनीहरुलाई नै यही राखिदियौं । यसपटक पनि हाम्रो यो प्रयासमा तपाईहरुको सल्लाह सुझावको आशा गरेका छौं ।
नारायण श्रेष्ठ (समाजीक अभियन्ता) :
.jpg)
काठमाडौ र कोलोराडोको बोल्डर सिटीबीच भगिनी सम्वन्ध नारायणकै पहलमा भएको थियो । नारायण हाल अमेरिकामा दर्ता भएको सामाजिक संस्था हेल्पिगं हेण्डका अध्यक्ष पनि हुन् । यो संस्थाले नेपाल, जापान लगायतका देशमा सामाजिक क्षेत्रमा काम गरिरहेको छ । नेपालको संखुवासभामा जन्मिएका नारायण अमेरिका आएको चारदशक भन्दा बढी भयो । कोलोराडोमा नेपाली समाज वसाउन पनि धेरथोर उनको योगदान छ । हेल्पिङ्ग ह्याण्ड मार्फत नारायणले संखुवासभामा करोडौ पुँजी लगानी गरेका छन् । नेपालको राजनीतिक बृत्तमा पनि उनको राम्रो पकड छ ।
डा सञ्जीव श्रेष्ठ (चिकित्सक) :
.jpg)
यसको माग बढ्दै गएकाले डा संजिवको समुह यसलाई अझ विस्तार गर्न लागि परेको छ । नेपालीहरुका लागि निशुल्क क्लिनिक खोल्ने योजनामा काम भईरहेका छ । यसका लागि गैर नाफामुलक संस्था टेक्सस नेप्लिज मेडिकल एसोसिएसन पनि गठन गरिएको छ । यसमा झण्डै ३ सय नेपाली मुलका स्वास्थ्यकर्मी सदस्य भईसकेका छन् । यो संस्थाको अध्यक्ष पनि डा. सञ्जीवनै हुन । अहिले डलास फोर्टवेर्थ क्षेत्रका अस्पतालमा २५ जना जति नेपाली डाक्टर कार्यरत छन् । क्लिनिक स्थापनाका लागि खर्च जुटाउन एशोसिएशनले केही साता अघि टेक्सस ड्यालासमा गाला डिनर कार्यक्रम आयोजन पनि गरेको थियो । यसमा स्थानिय नेपाली समुदायले सहयोग गर्ने उत्साह देखाएको छ ।
अजुर्नप्रसाद मैनाली (विश्व रक्तदाता) :
.jpg)
नेपालको काभ्रे जिल्लामा जन्मेका मैनाली हाल न्यूर्योकमा बस्छन् । उनले अफ्रिका देखि दक्षिण अमेरिका लगायत १७ देशमा पुगेर रक्तदान गरेका छन् । पहिलो पटक सन १९८७ मा रक्तदान गरेर उनको यो अभियान शुरु भएको थियो । त्यसवेला उनी १९ बर्षका मात्र थिए । अहिलेसम्म उनले १७० पटक भन्दा वढी रक्तदान गरिसकेका छन् । यो क्रम अझ बढ्ने छ । यो कार्यका लागि उनले थुप्रै सम्मान र प्रशंसापत्र पनि पाएका छन् । चर्चा र प्रशंसा आफ्नै ठाउँमा छ तर, उनको रगतले कयौंले जीवनदान पाएका छन् ।
रविना थापा (उपाध्यक्ष एनआरएनए) :
.jpg)
तर, दुई महिना अघि एनआरएनएको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा उनले अप्रत्याशित नतिजा निकाल्दै महिला उपाध्यक्ष भईन । उक्त चुनाव रविनाका लागि कम प्रतिस्पर्धात्मक थिएन । एनआरएनए स्थापनाकाल देखिनै सकृय सपिला राजराजभण्डारीले सहजै जित्ने धेरैको अनुमान थियो । आफ्नो जितलाई पक्का पार्न उनले निर्वाचनमा एउटा समुह समातेकी थिईन । यसले नै उनलाई यो अप्रत्याशित जीत दियो । यो रणनीति सफल भयो । रविनाले एनआरएनए निर्वाचनमा आफुलाइ अब्बल सावित गरेकी छिन तर, उनले यो अत्याशित जितलाई कसरी उपयोग गर्छिन यो हेर्न बाँकी छ ।
यमुना भट्टराई (उद्यमी महिला) :
.jpg)
व्यवसाय मजबुत हुँदै गएपछि यमुना समाजसेवाको क्षेत्रमा पनि सकृय हुँदै गएकी छिन् । एनआरएनएमा उनको सकृयता यता बढ्दो छ । यही भएर उनलाई एनआरएनए आईसीसी सदस्यमा मनोनित गरिएको छ । टेक्ससमा लिकर व्यबसायमा जमेपछि अहिले युमना विस्तारै अन्य क्षेत्रका व्यवसायमा पनि संलग्न हुन थालेकी छिन् । आउने दिनमा व्यवसाय अझ ठुलो बनाउने धुनमा युमना लागिपरेकी छिन् ।
नेपाली कानुन व्यवसायी :
.jpg)
इमिग्रेशनको समस्या देखि जेलमा परेका नेपालीलाई छुटाउन सम्म नेपाली कानुन व्यवसायीले कयौं नेपालीलाई परामर्श दिदैं आएका छन् । कानुन व्यवसाय एउटा पेशा हो । तर आफ्नै मातृभाषा बुझ्ने कानुन व्यवसायी पाउनु सुविधा हो । यी कानुनी व्यवसायीले आफ्नो दायरा पनि बढाउँदै लगेका छन् । अव उनीहरुका ग्राहक नेपाली मात्र छैनन् । अन्य देशका ग्राहकहरुपनि उनीहरुकहाँ आउन थालेका छन् । यो नेपाली समुदायकै लागि गर्वको कुरा पनि हो । नेपाली समुदायलाई आवश्यक पर्दा यी कानुन व्यवसायीले निशुल्क सेवा पनि दिएका छन् ।
राजन थपलिया (लेखक पत्रकार) ः
.jpg)
विश्वका धनीहरुको सुची राख्ने फोर्ब्समा लेख्न पाउनु उनको निरन्तर संघर्षको नतिजा हो । अमेरिकामा अंग्रेजीमा लेख्ने राजनको प्रयास सह्रानिय छ ।
बाला घिमिरे (व्यवसायी) ः
.jpg)
उनको सकृयता नेपाली समुदायमा मात्र सिमित छैन । स्थानिय निकायमा पनि उनले आफ्नो प्रभाव बढाउँदै लगेका छन् । नेपाली समुदायका विभिन्न संघ संस्थामा सकृय उनी पछिल्लो पटक एनआरएनए अमेरिकामा प्रवेश गर्न खोजेका थिए । उपाध्यक्षपदमा उम्मेदवारी दिएपनि मतको तलमाथिले नतिजा भने आफ्नो पक्षमा पार्न सकेनन् । तर, त्यसवेला बालाले चुनाव जित्नुपर्थ्यो भन्ने धेरै थिए । चुनावमा पराजित भएपनि बाला एनआरएनए अमेरिका भित्रै सकृय छन् । सिकागोमा नेपाली समुदायले गर्न कार्यक्रममा बाला सकृय हुने गर्छन ।
गैर आवासीय नेपाली संघ एनसीसी अमेरिका (समाजीक संस्था) ः
.jpg)
यस पटक एनआरएनए केन्द्रमा अमेरिकाबाट दुई उपाध्यक्ष र एक जना सचिबले प्रतिनिधित्व गर्छन । एनआरएनए अमेरिकाले यसमा आफ्नो योगदान रहेको दावी गरेको छ । भारतले नेपाली भूमि समेत समेटेर राजनीतिक नक्सा सार्वजनिक गरेपछि अमेरिकामा यही संस्थाको अगुवाईमा विरोध प्रर्दशन भएको थियो । एनआरएनए अमेरिका अध्यक्ष सुनील शाहको सकृयता प्रसंसायोग्य छ I
अमेरिकामा सवैभन्दा ठुलो नेटबर्क भएको संस्था भएपनि सदस्यताको आधारमा यसको आकार भने साँघुरिएको छ । एनआरएनए अमेरिकाको कार्यक्रममा सहभागिता पातलो बन्दै छ । विभिन्न विवाद, मुद्दा मामिला, निर्वाचनमा हुने चलखेलले यो संस्था आक्रान्त छ । कमी कमजोरीलाई सच्याउने हो भने एनआरएनए अमेरिका निकै संभावना भएको संस्था भने हो । तर यसका लागि नेपाली नागरिकताको निरन्तरता, नेपालमा लगानीका सहज बातावरण, नेपाल अमेरिका विच दोहोरो कर मुक्ति, नेपाली समुदायलाई आवश्यक परेको वेला सहयोग जस्ता मुद्दामा यो संस्थाले आफुलाई सकृय गराउनु पर्ने छ ।
चौथो ग्लोबल नेपाली फिल्म एवार्ड र यज्ञलाल श्रेष्ठ ः
.jpg)
पहिलो कार्यक्रमको राम्रो प्रतिकृया पनि आयो । दोस्रो र तेस्रो भने केही फितलो भएका थिए । यो कार्यक्रमको तेस्रो श्रृङ्खलासम्म आउँदा अव निरन्तरता पाउँदैन कि भन्ने अवस्था पनि थियो । तर, एक महिना अघि सनफ्रान्सिस्कोमा आयोजित चौथो नेपाली फिल्म ग्लोबल एवार्डले यसलाई असत्य सावित गर्न सफल भयो ।
लगभग अवसानको किनारमा पुगेको ग्लोबल नेपाली फ़िल्म अवार्डले सानफ्रान्सिस्कोमा नवजीवनमात्र प्राप्त गरेन, अहिलेसम्मकै नेपाली अवार्डहरुमा सर्वोत्कृष्टको संज्ञा पनि पायो । अतिथि कलाकारहरुदेखि लिएर उपस्थित दर्शकसम्मले अत्यधिक रुपमा यसलाई रुचाए । र यसको श्रेय गयो सानफ्रान्सिस्को निवासी नेपाली उद्यमी परिचित खेलाडी यज्ञलाल श्रेष्ठलाई । श्रेष्ठको सकृयता, अथक परिश्रम र लगानीले यो सम्भव भएको हो भन्नेमा सबैको ठम्याई रह्यो ।
यसैले श्रेष्ठलाई अमेरिकी नेपाली समाजमा मनग्यै परिचित गरायो । थपमा उनीमाथि पाँचो ग्लोबल नेपाली अवार्डको निरन्तरता दिन नैतिक दवाव पनि दिएको छ ।
उक्त कार्यक्रममा नेपाली फिल्मका महानायक राजेश हमाल, चर्चित कलाकारहरु नीर शाह, भुवन केसी, अनमोल केसी दिपाश्री निरौला, शिव श्रेष्ठ, शर्मिला मल्ल लगायत थुप्रै नेपाली कलाकार सहभागी भएका थिए । तीन वटा श्रृङ्खला कोलोराडोमा मात्र भएका थिए । आफुपनि केही फिल्ममा अभिनय गरेका नवराजले कोलोराडोमा मात्र कार्यक्रम गर्ने परम्परालाई तोडेर अन्य शहरमा जाने निर्णय सफल देखिएको छ । नेपाली कलाकारलाई आयोजककै खर्चमा अमेरिका ल्याई कार्यक्रम गर्नु सजिलो होइन । चौथो कार्यक्रमले पाँचौ अझ राम्रो हुन्छ भन्ने आशा गर्न सकिन्छ ।
प्रतिक्रिया