मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

७ महिनामा संसारका अग्ला १४ हिमाल आरोहण

७ महिनामा संसारका अग्ला १४ हिमाल आरोहण


काठमाण्डाै – नेपाली पर्वतारोही निर्मल पुर्जाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल सात महिनाको अवधिमा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ ।
 
सर्वोच्च शिखर सगरमाथासहित विश्वका १४ अग्ला हिमाल आरोहण गरी कीर्तिमान बनाएर फर्किएका आरोही निर्मल पुर्जासहितका आरोहीलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो ।
 
नेपाल पर्वतारोहण सङ्घको नेतृत्वमा पञ्चेबाजा र नेपाल प्रहरीको ब्यान्डबाजासहित स्वागत गरिएको थियो । कीर्तिमानी आरोही पुर्जाको आरोही टिमका मिङ्मा डेभिड शेर्पा, ग्याल्जेन शेर्पा र जेसमान तामाङ आरोहण पूरा गरी बुधबार अपराह्न विमानस्थल आइपुग्नुभएको थियो ।