स्वास्थ्य / जीवनशैली

डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

काठमाडौँ। नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार डा. केसीले आफ्नो २५ औँ सत्याग्रह अन्त्य गरेका हुन्।

पटक पटकको छलफलपछि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शनिबार नै त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरी अनसन तोडाएका हुन्।

Advertisement

डा. केसीको अनसन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनसन रहेको बताए। उनले भने, ‘यो डा. केसीको अन्तिम अनसन हो। उहाँसँग भएका सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढ्छ।’

डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिमा डा केसी, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन्।