मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

बालिका बलात्कार गरी अभियुक्त फरार

बालिका बलात्कार गरी अभियुक्त फरार


वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२७ उदेयपुर घुर्मी बस्ने राकेश यादवले ११ वर्षीया बालिकालाई बिहीबार राति बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 
 
जन्ती हेर्न आएकी ती बालिकालाई सुरुमा राकेशले जिस्काएको र पछि जबर्जस्ती करणी गरेको उजुरी परेपछि सो घटना सार्वजनिक भएको हो । 
 
पीडित पक्षको बयान र उजुरीका आधारमा पर्साका प्रहरी नायब उपरीक्षक अन्नतराम शर्माले सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको र फरार अभियुक्तको खोजी जारी रहेको बताए । 
 
सुरुमा सो घटना गाउँमै मिलाउन खोजिए पनि घटना सार्वजनिक भएपछि दुवै पक्षलाई मिलापत्र गराउने पञ्च भनाउँदाको योजना तुहिन गएको हो ।