मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

मोरङमा चट्याङ लागेर तीन युवाको मृत्यु

मोरङमा चट्याङ लागेर तीन युवाको मृत्यु


विराटनगर । मोरङको रङ्गेली नगरपालिकामा आज अपराह्न हावाहुरी एवं पानीका साथ परेको चट्याङ लागेर दुई युवाको मृत्यु भएको छ । 
 
जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार रङ्गेली–९ दोहमना बजार नजिक चट्याङ लागेर सोही स्थानका १४ वर्षीय अभत ऋषिदेव र १५ वर्षीय अनिल ऋषिदेव घाइते भई उपचारका लागि अस्पताल लग्दा चिकित्सकले मृत्यु भएको जानकारी दिएका हुन् । 
 
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए । रासस