मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

तराई मधेसलाई समृद्धिको हिस्सेदार बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

तराई मधेसलाई समृद्धिको हिस्सेदार बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल


जनकपुरधाम । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले तराई मधेसलाई पनि समृद्धिको हिस्सेदार बनाउनुपर्ने खाँचो औँल्याएका छन् । 
 
नेपाल प्रेस युनियन धनुषाद्वारा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले हिमाल, पहाड र तराईबीच पारस्परिक रूपमा एकताका आधारलाई बलियो बनाउनु जरुरी रहेको बताए । 
 
वरिष्ठ नेता पौडेलले समृद्धिका लागि नेपालका सम्पदालाई साझा रूपमा प्रयोग गर्ने पद्धति बसालेमा नेपाली जनजीवन छिमेकी राष्ट्र चीन र भारतभन्दा पनि धनी र सुन्दर हुन सकिने जिकिर गरे । 
 
मधेसवादी दलहरू संविधान संशोधन गर्न नचाहने सरकारलाई समर्थन गरी मधेसी जनतालाई भ्रममा पार्ने कार्य गरेको चर्चा गर्दै उनले कांग्रेस संविधानमा भएको त्रुटिलाई सच्याउन चाहेको उल्लेख गरे । 
 
वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालत र अख्तियारलाई पनि आफ्नो इशाराबाट निर्दिष्ट गरेको बताउँदै वाइडवडी प्रकरणमा अदालत र अख्तियारको मौनताले अराजकता मौलाउँदै गएको बताए । 
 
अख्तियार ठूला काण्डलाई संरक्षण दिई स–साना काण्डमा मात्र केन्द्रित रहेको आरोप पनि उनको थियो ।