मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

नर्स कुट्ने डाक्टरलाई कारबाही

नर्स कुट्ने डाक्टरलाई कारबाही


भरतपुर अस्पतालमा कार्यरत नर्सलाई गल्ती भएको भन्दै थप्पड हान्ने सर्जन डा सन्तोष यादव कारबाहीमा परेका छन् । 
 
भरतपुर अस्पताल विकास समितिबाट नियुक्त भएका उनलाई अस्पताल प्रशासनले एक महिनाको लागि निलम्बन गरेको हो । 
 
पुस अन्तिमसाता अस्पतालमा बिरामीको उपचारका क्रममा नर्सबाट गल्ती भएपछि डा यादवले गालामा थप्पड हानेका थिए । 
 
डा यादवले तत्कालै माफी मागे पनि नर्सहरुको समूहले प्रशासनमा उजुरी गर्दै उनलाई बर्खास्त गर्न माग गरेका थिए । 
 
अस्पतालले डा यादवसँग स्पष्टीकरण लिएको छ । उनलाई कारबाहीस्वरुप एक महिनाका लागि निलम्बन गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए ।