मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

भारतीय युवाले १ सय घण्टासम्म भाषण गरे

भारतीय युवाले १ सय घण्टासम्म भाषण गरे


भारतको उत्तरप्रदेशमा पर्ने लखीमपुर–खिरीका एकजना युवकले सबैभन्दा लामो समयसम्म भाषण गरेर विश्व कीर्तिमान कायम गरेका छन् ।
 
उनले लगातार १ सय घण्टासम्म भाषण गरेर उक्त कीर्तिमान राखेका हुन् ।
 
यतिश चन्द्र शुक्ला नामका ती युवकको नाम अब गिनिज बुकमा लेखिनेछ ।
 
उनले नेपालका अनन्तराम केसीको कीर्तिमान भंग गर्नेछन् । अनन्तले गत अगष्टमा ९० घण्टा २ मिनेटसम्म लगातार भाषण गरी गिनिज बुकमा नाम लेखाएका थिए ।
 
भारतीय युवा यतिशतले बुधबार बिहान साढे १० बजेबाट भाषण सुरु गरेका यतिशले लगातार १ सय घण्टासम्म म्याराथन भाषण गरे ।
 
गिनिज बुकका अधिकारीहरुले उक्त कार्यक्रमको अनलाइनमार्फत अनुगमन गरेका थिए ।
 
सय घण्टासम्म भाषण गर्ने यी युवकको नाममा अर्को कीर्तिमान पनि छ । उनले ४३ हजार २ वटा चाबी संकलन गरेर गिनिज बुकमा नाम लेखाइसकेका छन् ।
 
यतिमात्र होइन उनले सबैभन्दा लामो समयसम्म पढाउने कीर्तिमान राखेका छन् । उनले लगातार १ सय ४८ धण्टासम्म पढाएका थिए । त्यस्तै १ सय २३ घण्टासम्म लगातार पढेर पनि उनले गिनिज बुकमा नाम लेखाएका छन् । एजेन्सी