मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा केसीको माग सम्बन्धमा वालुवाटारमा वार्ता जारी, वार्ता निर्णायक हुने आशा

डा केसीको माग सम्बन्धमा वालुवाटारमा वार्ता जारी, वार्ता निर्णायक हुने आशा


काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग गर्दै २७ दिनदेखि आमरण अनशनमा बसेका डा गोविन्द केसीले अघि सारेका मागका बारेमा वार्ता समितिबीच सहमति भए पनि डा। केसीले भने आपत्ति जनाएका छन् । डा। केसीको आपत्तिपछि सहमति पत्रमा हस्ताक्षर हुन सकेन । 
 
सरकारी पक्षले उपत्यकामा १० वर्षसम्म मेडिकल कलेजलाई नयाँ सम्बन्धन दिन नहुने बुँदा खारेज गर्न भनेपछि वार्ता सहमतिमा पुग्न ढिलाइ भइरहेको डा केसी पक्षका वार्ताकार डा। सुरेन्द्र भण्डारीले जानकारी दिए ।
 
डा केसी आफ्नो अडानमा कायमै रहेकाले सहमति कायम हुन नसकेको हो ।  काठमाडौं उपत्यकामा १० वर्ष मेडिकल कलेजलाई सम्बन्धन नदिने भन्ने विषयमा डा केसीले असहमति जनाएका छन् । उनले उक्त बुँदा आफूले भनेजस्तै हुनुपर्ने अडान राखेका छन् ।
 
यसअघि बिहान प्रधानमन्त्री निवास बालुवाटार र सिंहदरबारमा वार्ता समितिबीच सहमति भएको थियो । तर, वार्ता टोलीले सहमतिको विषय डा केसीलाई जानकारी गराएपछि उनले आफ्नो अडान कायमै राखेका थिए । अन्य बुँदामा भने सहमति कायम भएको छ । यसै विषयमा थप वार्ता बालुवाटार भइरहेको छ । संभवत आज नै वार्ता निर्णायक आशा लिइएको छ ।