मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नेपालमा दुइ करोड २५ लाख बचत खाता, ५२ लाख ३५ हजार डेबिट कार्ड

नेपालमा दुइ करोड २५ लाख बचत खाता, ५२ लाख ३५ हजार डेबिट कार्ड


हिमालयखवर संवाददाता
काठमाडौं-
गुणस्तरमा थुप्रै प्रश्न भएपनि नेपालमा बैकिङ्ग सेवाको विस्तार व्यापक वन्दै गएको तथ्यांकले देखाएको छ । 
 
राष्ट्र बैंकले यसै साता सार्वजनिक गरेको मौद्रिक नीतिका अनुसार हाल नेपालमा बचत खाता संख्या २ करोड २५ लाख पुगेको छ । करिब २ करोड ८० लाख जनसंख्या भएको नेपालमा यो संख्यामा बचत खाता हुनु बैंकिङ्ग सेवा विस्तार भएको देखाउँछ ।
 
तर, यसको अर्थ सवै नेपालीको बैंक खाता छ भन्ने होइन । एक जनाको एकभन्दा धेरै खाता पनि हुन्छ । तर, कर्जा (ऋण) लिने भने थोरै छन् । कर्जा संख्या खाता भने १२ लाख ८७ हजार मात्र छ । 
 
सवै भन्दा उत्साहजनक तथ्यांक डेबिट कार्ड संख्या हो । अहिले कुल डेबिट कार्ड संख्या ५२ लाख ३५ हजार पुगेको राष्ट्र बैंकले जनाएको छ । 
 
तर, यसको तुलनामा क्रेडिट कार्डको संख्या भने निकै कम छ । बैंकमा खाता हुने वित्तिकै बैंकले सजिलै डेबिट कार्ड दिने, सरकारी वा निजीमा जागिर हुनेले डेबिट कार्ड प्रयोग गर्ने हुदां संख्या बढेको हो । तर, यसको तुलनामा जम्मा ९७ हजार क्रेडिट कार्ड उपयोगमा छन् । क्रेडिट कार्ड भने नेपालमा सहज छैन । 
 
एटीएम संख्या २६२४, मोबाइल बैकिङ्ग ग्राहक संख्या ४० लाख, इन्टनेट बैकिंग ग्राहक संख्या ७ लाख ८४ हजार पुगेको राष्ट्र बैंकले जनाएको छ ।
 
नेपालमा बैकिङ्ग सेवाको अवस्था
  • बचत खाता – २ करोड २५ लाख
  • कर्जा खाता – १२ लाख ८७ हजार
  • एटीएम बुथ – २६२४
  • मोबाइल बैकिङ्ग ग्राहक – ४० लाख
  • इन्टरनेट बैकिङ्ग ग्राहक – ७ लाख ८४ हजार
  • डेबिट कार्ड – ५२ लाख ३५ हजार
  • क्रेडिट कार्ड – ९७ हजार