मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / जीवनशैली   

वीर अस्पतालमा सरसफाइ अभियान, राज्यमन्त्रीसहित धुर्मुस पनि खटिए

वीर अस्पतालमा सरसफाइ अभियान, राज्यमन्त्रीसहित धुर्मुस पनि खटिए


काठमाडौँ । लाखौँ बिरामीको उपचार गर्ने नेपालको पुरानो सरकारी अस्पताल वीर अस्पतालमा आइतबार सरसफाइ अभियान थालनी भएको छ । 
 
आइतबार बिहान स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र सरसफाइकर्मी खेम शर्माले वीर अस्पतालको सरसफाइको थालनी गरेका हुन् ।
 
उनीहरुसहित २५ जनाको समूहले १५ दिन वीरमा ट्रमा सेन्टरमा सफाइ गर्ने कार्यक्रम छ । वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतका अनुसार सफाइका लागि शर्माले १५ जनाको समूह ल्याएका छन् । अस्पताल व्यवस्थापनको तर्फबाट १० जना सफाइमा खटिँदैछन् ।
 
सरकारी स्वास्थ्य संस्थाहरूमा सबैभन्दा बढी वीर अस्पतालको सरसफाइको कमी हुने गुनासो आउने गरेपछि सरसफाइ सुरु गरिएको राज्यमन्त्री अर्याल बताउँछिन् ।
 
उनले भनिन्, ‘सरकारी अस्पतालमा फोहोर र दुर्गगन्ध धेरै हुने भनी धेरै टीकाटिप्पणी आउने गरेको छ, अब सरसफाइको उत्कृष्ट नमुनाको रूपमा परिणत हुनेछ ।’
 
बिरामीको चाप बढी तर सरसफाइका कर्मचारीमा दक्षताको कमीका कारण अस्पताल सोचेजस्तो सफा हुन नसकेको राज्यमन्त्री अर्यालले बताइन् । 
 
सरसफाइ अभियानको सुरुवात गर्दै राज्यमन्त्री अर्यालले यस्तो सरसफाइ अभियान सधैँका लागि हुनुपर्नेमा जोड दिइन् । 

शेयर गर्नुहोस:

0
Shares