मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

नवलपरासीमा २१ जनामा औलो रोगको संक्रमण भेटियो

नवलपरासीमा २१ जनामा औलो रोगको संक्रमण भेटियो


नवलपरासी । नवलपरासीमा हालसम्म २१ जनामा औलो रोगको संक्रमण देखिएको छ । पश्चिम नवलपरासीमा तीन र पूर्वी नवलपरासीमा १८ जना गरी कुल २१ जनामा औलो रोग देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । 
 
गत आर्थिक वर्षको पहिलो नौ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा १० जनामा उक्त रोग बढी देखिएको छ । गत आर्थिक वर्षको पहिलो नौ महिनामा जिल्लामा ११ जना औलो रोगी भेटिएका थिए । तीमध्ये पश्चिम नवलपरासीमा सात र पूर्वी नवलपरासीमा चार जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 
 
गत आवमा साविकको पक्लिहवा गाविसमा सबैभन्दा बढी तीन जनामा औँलो रोग देखिएको थियो भने चालू आर्थिक वर्षको हालसम्ममा पूर्वी नवलपरासी साविकको रतनपुर गाविसमा सात जनामा औलो रोग देखिएको हो । उक्त क्षेत्र सीमसार क्षेत्र भएकाले बढी औलो प्रभावित क्षेत्र भएको जिल्ला जनस्वास्थ्य प्रमुख अरूणकुमार महतोले जानकारी दिए । 
 
विश्व औँलो दिवसका अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले ‘औलोविरूद्धको अभियानः हामी सबै सहभागी बनौँ’ भन्ने नाराका साथ अभियान चलाएको छ । 
 
यस वर्ष ‘औलो हटाउन तयार छौँ’ नाराका साथ यो दिवस देशभरि मनाइँदै छ । ‘एनोफिलिज’ नामक लामखुट्टेको टोकाइका कारण औलो (मलेरिया) रोग फैलिने गर्छ । औलो फैलाउने लामखुट्टे प्रायः फोहोर तथा दूषित पानीमा बस्छ ।
 
विश्व स्वास्थ्य संगठनको एक तथ्यांकअनुसार औलो रोगबाट प्रत्येक वर्ष विश्वमा करिब ५० हजार मानिस प्रभावित हुने गर्छन्, जसमध्ये करिब २७ प्रतिशतको मृत्यु औलो रोगकै कारण हुनेगर्छ । औलो रोगका कारण मृत्यु हुनेमा पाँच वर्षमुनिका बालबालिका धेरै छन् ।
 
सन् २०१६ मा विश्वका करिब ९१ वटा देशका २ करोड १६ लाख व्यक्ति औलोबाट प्रभावित भएका थिए । करिब चार लाख ४५ हजार मानिसको मृत्यु औलोसम्बन्धी रोगका कारण भएको थियो ।
 
नेपालमा पनि औलो रोगका कारण गत वर्ष ५४१ जना प्रभावित भएका थिए । विशेषगरी, खुला सिमानाका कारण झन्डै ४५ प्रतिशतको हाराहारीमा भारतबाट भित्रिने यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । 
 
यो रोग संक्रमित पोथी एनोफिलिज नामक लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो रोगको जोखिममा मुख्यतया गर्भवती महिला तथा पाँच वर्षमुनिका बालबालिका रहने गरेका छन् ।
 
संसारमा पाइने औलोको परजीवीमध्ये दुई परजीवी प्लाज्मोडियम फाल्सिपेरम तथा प्लाज्मोडियम भाइभेक्स जातको परजीवीमात्र नेपालमा पाइन्छ । यसमध्ये प्लाज्मोडियम फाल्सिपेरम गराउने औलो रोग बढी कडा तथा खतरनाक हुन्छ ।
 
नेपालमा बर्षेनि करिब एक हजारको हाराहारीमा प्रयोगशालाबाट प्रमाणित औलो रोगी भेटिन्छन् । यो रोग वर्षायाम सुरू भएसँगै अप्रिलबाट सुरू भई जुलाईदेखि नोभेम्बरसम्म उच्च बिन्दुमा रहन्छ । (रासस)