मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

क्यान्सरबाट कसरी उन्मुक्ति पाएँ, म संस्मरण लेख्दैछु : मनिषा

क्यान्सरबाट कसरी उन्मुक्ति पाएँ, म संस्मरण लेख्दैछु : मनिषा


काठमाडौँ । क्यान्सर केयर नेपालले नायिका मनिषा कोइरालालाई क्यान्सर रोगका बिरामीको उपचारमा सहयोग एवं यसबारे चेतनामूलक कार्यक्रम सञ्चालनमा योगदान दिएबापत संस्थाको मानार्थ अध्यक्ष पद प्रदान गरेको छ । 
 
क्यान्सर केयर नेपाल, नेशनल हस्पिटल, क्यान्सर रिसर्च सेन्टर जाउलाखेल तथा होम हस्पिस केयरको संयुक्त आयोजनामा शुक्रबारदेखि यहाँ शुरु भएको एशियाली क्यान्सर सम्मेलनका क्रममा नायिका कोइरालालाई संस्थाले सो पद प्रदान गरेको हो । 
 
आयोजक संस्थाका अध्यक्ष डा मदनकुमार पिया र सचिव प्रा श्यामकृष्ण जोशीले नायिका कोइरालालाई सो सम्मान प्रदान गर्दै पाँच वर्षअघि क्यान्सर भएर पनि हरेस नखाइ रोगबारे सर्वसाधारणलाई जनचेतना फैलाउन सक्रिय रहेकी तथा क्यान्सर रोगीको उपचारमा सहयोगसमेत गर्दै आएकी नायिका कोइरालाको उत्साहको प्रशंसा गर्दै मानार्थ अध्यक्ष पद प्रदान गरिएको बताइन् । 
 
एशियाली मुलुकमा पछिल्लो समयमा बढ्दै गएको स्तन क्यान्सरलाई समयमै निदान गरी उपचार गर्न जनचेतना फैलाउने, विशेषज्ञद्वारा उपचारको ज्ञान, सीप तथा प्रविधि आदानप्रदान गर्ने उद्देश्यसहित आयोजित सम्मेलनमा नेपाललगायत भारत, थाइल्याण्ड, मलेसिया, म्यान्मार, सिंगापुर र थाइल्याण्डका क्यान्सर विशेषज्ञको सहभागिता छ । 
 
तेस्रो नेशनल क्यान्सर हस्पिटल सम्मेलन २०१८’ मा विशेष गरी स्तन क्यान्सरको पछिल्लो अवस्थाबारे छलफलसमेत गरिनेछ । 
 
सो कार्यक्रमलाई नायिका कोइरालाले पाँच वर्षअघि चिकित्सकले आफूलाई क्यान्सर भएको भनेपछि आफू स्तब्ध भएको स्मरण गर्दै समयमै रोग पत्ता लागेकाले उपचार भएको बताइन् । 
 
उनले भनिन्, “स्वस्थ जीवनशैली र खानपिनका कारण क्यान्सर लाग्ने सम्भावना कम हुन्छ, समयमै क्यान्सर पत्ता लगाउनसके ८० देखि ९० प्रतिशत निको हुन्छ आगामी दिनमा क्यान्सर रोग लाग्नबाट जोगाउन सञ्चालन हुने जनचेतनामूलक कार्यक्रममा मेरो सक्रियता रहन्छ ।” 
 
नायिका कोइरालाले आफूलाई क्यान्सर भएपछि बिताएका जटिल समयको स्मरण गर्दै पुस्तक लेख्न लागेको जानकारी दिइन् । 
 
सेन्टरका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा पियाले संस्थाले नेपालका गरिब तथा निमुखा क्यान्सर रोगीको उपचारमा मात्रै नभई क्यान्सर रोकथाम र उपचारको दुवै कार्य गर्दै आएको बताइन् । 
 
क्यान्सर केयर नेपालका सचिव प्रा श्यामकृष्ण जोशीले संस्थाद्वारा सञ्चालित नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरलाई एकसय श्ययाको बनाउने लक्ष्य राखिएको, नेपाल सरकारले क्यान्सर रोगीका लागि उपलब्ध गराउँदै आएको रु एक लाखमा नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरले थप राहत दिएर क्यान्सर रोगीको उपचार गर्दै आएको जानकारी दिए । 
 
त्यस अवसरमा क्यान्सर रोग विशेषज्ञ डा सन्ध्या चापागार्इं, डा रश्मी पुन गुरुङ, भारतकी डा कञ्चन कौर, क्यान्सर केयर नेपालका उपाध्यक्ष प्रभुराज वैद्यले क्यान्सर रोग लाग्न नदिन विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक भएकामा जोड दिएका थिए । 
 
सो अवसरमा नायिका कोइरालाले नेपालको पहिलो क्यान्सर रोग विशेष डा तारा मानन्धर, डा मिलननाथ पाण्डे, रोटरी क्लब अफ यल, नवीना मल्ल, श्रीधर श्रेष्ठ, शाम्भवी आचार्य र किमाया गुरुङलाई सम्मान गरेकी थिइन् । रासस