विजय घिमिरे
डेनभर (अमेरिका) – अमेरिकाको दुवै सदन कांग्रेस र सिनेटले यसै साता स्विकृत नयाँ कर नीतिले अमेरिकी नागरिक र कानुन अनुसार यहाँ काम गर्ने सबैलाई कहीँ न कँही छुने छ । यो नयाँ कर नीतिवाट जति बढी आम्दानी गर्यो त्यत्तिनै फाइदा हुनेछ । बार्षिक २५ हजार अमेरिकी डलर वा कम आम्दानी गर्ने भन्दा १ लाख आम्दानी गर्नेले बढी फाइदा हात पार्नेछन् ।
बार्षिक २५ देखि ७५ हजार डलरसम्म आम्दानी हुनेले ७८० डलर फाइदा लिनेछन् । काम गर्ने अधिकांश नेपालीको आम्दानी यही हाराहारीमा हुन्छ । यो नीतिले वढी आम्दानी गर्ने प्रेरित गर्छ । आम्दानी बढ्दै जाँदा छुटका कारण फाइदापनि थपिंदै जाने छ ।
यो नीतिले बढी कमाउन प्रेरित गर्छ । तर, कम आम्दानी हुनेलाई भने न्याय गर्दैन ।
यो कर नीतिले जन्मेदेखि मृत्युसम्म छाड्ने छैन । घर किन्ने वा नकिन्ने, छोरा छोरीलाई कुन स्कुल पठाउने वा श्रीमतीसँग डिभोर्स गर्ने नगर्ने सम्मका निर्णयमा असर पार्नेछ । तर, यसको प्रभाव भने केही साता पछि पाइने कर फिर्ता (ट्क्याक्स रिर्टनमा) मा भने देखिने छैन ।
राष्ट्रपतिले हस्ताक्षर गरेपछि लागु हुने यो नयाँ नीतिको प्रभाव सन् २०१९ को ट्याक्स रिर्टनमा देखिने छ । व्यक्तिगत र संस्थागत (जुन कम्पनीलाई लाग्छ ) यसमा परिवर्तन गरिएको छ । यो नयाँ कर नीतिलाई सन् १९८६ यताकै सबैभन्दा ठुलो सुधार भनिएको छ ।
तत्कालिन राष्ट्रपती रोनाल्ड रेगनले ३० बर्ष अगाडी कर नीतिमा व्यापक परिवर्तन गरेका थिए । यस पछि खासै महत्वपुर्ण परिवर्तनहरु भएका थिएनन् ।
कम र सिमित आम्दानी भएकालाई सन् २०२५ सम्म राहत दिने र कर्पोरेट अमेरिकालाई करका दर घटाएर अफ प्रतिस्पर्धी वनाउने यो नयाँ कर नीतिको मुख्य विशेषता हो । कर्पोरेट कर दर ३५ वाट २१ मा झारेर कम्पनीहरुलाई ठुलो राहत दिईएको छ । यो कटौतीले व्यवसाय गर्नेलाई फाइदा हुने छ । व्यवसायमा लागेका नेपाली मुलका अमेरिकी व्यवसायीले पनि यसको फाइदा पाउनेछन् ।
केही कम्पनीले नयाँ करनीतिवाट बच्ने पैसा कर्मचारीलाई बोनसका रुपमा दिने घोषणा समेत गरेका छन् । मोवाइल सेवा दिने कम्पनी एटीएण्डटीले प्रत्येक कर्मचारीलाई एकहजार डलर बोनस दिने घोषणा गरिसकेको छ । अन्य कम्पनीले पनि यसलाई पछ्याउने बताएका छन् ।
कर्पोरेट कर दरमा कटौतीले अमेरिकामा थप लगानी हुने र यसले अर्थतन्त्र थप विस्तार गर्ने यसका पक्षधरको दावी छ । उच्च आम्दानी गर्नेलाई लाग्ने करमा पनि केही कटौती गरिएको छ । न्यून काम गर्नेलाई पनि केही छुटहरु थपिएका छन् ।
यसले गर्दा केही बर्ष कम आम्दानी हुनको हातमा पनि खर्च गर्ने थप पैसा पर्ने छ । सिमित आम्दानी हुनेलाई दिईएका छुटहरु भने सन् २०२५ पछि समाप्त हुनेछ । तर, कर्पोरेट क्षेत्रकालाई दिईएका छुट स्थायी खालका छन् । विरोध गर्नेहरुले यो व्यवस्थालाई मुख्य रुपमा उठाएका हुन् ।
यो कर नीतिलाई पुरानो सत्तारुढ पार्टी रिपव्लिकनको कर नीति पनि भनिएको छ । कांग्रेस र सिनेट दुवैमा रिपव्लिकनको बहुमत रहेकाले पनि यसलाई उक्त पार्टीको कर नीति भनिएको हो । तर, प्रतिपक्षी डेमाक्र्याट पार्टीले भने यो कर नीतिको विरोध गरेको छ ।
व्यक्तिगत कर कट्टी गर्न पाइने सिमालाई यो नीतिमा दोब्बर मनाईएको छ । नयाँ नीति अनुसार एकल व्यक्तिले १२ हजार ७ सय र विवाहितले २४ हजार डलर करकट्टी गर्न पाउँछन् । यो हालको व्यवस्था भन्दा दोब्बर हो । यसले गर्दा करदाताको हातमा बढी रकम पर्नेछ । परिवारमा १७ बर्ष भन्दाकम उमेरका छोरा छोरी छन् भने दुइहजार डलर बरावरको ट्याक्स क्रेडिट पाइने छ । बार्षिक २ लाख डलरसम्म आम्दानी हुनेले यस्तो ट्याक्स क्रेडिट पाउनेछन् ।
आश्रीत बृद्ध व्यक्ति छन् भने ५ सय डलर बरावरको ट्याक्स क्रेडिट पाइने छ । यसमा स्वास्थ्यमा गरेको खर्च, घरका किन्नका लागि तिरेका किस्ता रकम लगायत विभिन्न खर्च कट्टा गर्न पाइने छ । अहिले जस्तो स्वास्थ्य बीमा नलिए जरिवाना तिर्नु पर्ने व्यवस्था अब हटेको छ ।
तर, यो कर नीतिले अमेरिकाको बजेट घाटा भने वढाउने छ । अहिलेको अनुमान अनुसार नयाँ कर छुटले गर्दा सरकारी वित्तमा १ दशमलव ५ ट्रिलियनले घाटा थपिने छ । तर, पनि दोस्रो पटक भोट हुँदा कांग्रेसमा यो नयाँ कर नीतिको प्रस्तावको पक्षमा २२४ जनाले समर्थन जनाएका थिए । यसको विपक्षीमा २०१ मत परेको थियो । माथिल्लो सदन भनिने सिनेटमा पनि पक्षमा ५१ र विपक्षमा ४८ मत परेकाले नयां कर नीति प्रस्ताव स्विकृत भयो ।
राष्ट्रपती डोनाल्ड ट्रम्पले यसलाई क्रिसमसको उपहार भनेर टिप्पणी गरेका छन् । यसलाई राष्ट्रपती ट्रम्पको महत्वपुर्ण नीतिगत जीतका रुपमा लिईएको छ ।
नयां कर नीतिले कति आम्दानी हुनेलाई कति फाइदा हुन्छ ।
- बार्षिक २५ हजार डलर भन्दा कम ३८० डलर
- २५ हजार देखि ७५ हजार ७८० डलर
- ७५ हजार देखि १ लाख १६०० डलर
- १ लाख देखि १ लाख ५० हजार २०१० डलर
- १ लाख ५० हजार देखि २ लाख २५१० डलर
- २ लाख देखि ३ लाख ५० हार ३९९० डलर
- ३ लाख ५० हजार देखि ७ लाख ७० हजार १३५२० डलर
- ७५० हजार माथि १३७८० डलर
प्रतिक्रिया